दफा २८
महसुल निर्धारण आयोगको गठन
(१) खानेपानी सेवा तथा सरसफाइ“ सेवा उपलव्ध गराए बापत त्यस्तो सेवा प्राप्त गर्ने उपभोक्ताले तिर्नु पर्ने महसुल निर्धारण गर्न एक खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग रहनेछ। (२) उपदफा (१) बमोजिमको आयोगमा : देहायका अध्यक्ष तथा सदस्य रहनेछन्‌:- (क) मान्यताप्राप्त शिक्षण संस्थाबाट इञ्जिनियरिज्ग, व्यवस्थापन, अर्थशास्त्र वा वित्तीय व्यवस्थापनमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र सम्बन्धित सार्वजनिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी लिई कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेका व्यक्तिमध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति - अध्यक्ष (ख) मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वित्तीय व्यवस्थापन, चाटर्ड एकाउण्टेन्सी वा वबाणिज्यशास्त्रमा कम्तीमा स्नातक उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेका व्यक्तिमध्येबाट नेपाल सरकारले नियुक्त गरेको एकजना _ सदस्य (ग) मान्यताप्राप्त शिक्षण संस्थाबाट इञ्जिनियरिङ्ग, समाजशास्त्र वा कानून विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेका व्यक्तिमध्येबाट नेपाल सरकारले नियुक्त गरेको एकजना “सदस्य

(३) उपदफा (२) बमोजिम अध्यक्ष: तथा संदस्यको नियुक्ति गर्दा कम्तीमा एकजना महिला: रहने गरी गर्नु पर्नेछ ।

(४) उपदफा (२) बमोजिमका: अध्यक्ष तथा सदस्यको पदावधि चार वर्षको हुनेछ र निजहरुअर्को एक अवधिको लागि पुन नियुक्त हुन सक्नेछन्‌ ।

(५) उपदफा (४):मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्ष तथा सदस्यको खराब आचरण भएमा वा निजको काम सन्तोषजनक नभएमा वा निजले आफ्नो पद अनुरुप इमान्दारीपूर्वक जिम्मेवारी पूरा नगरेमा वा आयोगको हित विपरीत काम गरेमा नेपाल सरकारले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ ।

तर, यसरी हटाउनु अघि निजलाई सफाइ पेश गर्ने मनासिब मौका,दिनु-पर्नेछ ।